शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लन्डनमा पनि मनाइयो पृथ्वी जयन्ती

बुधबार, २८ पुस २०७८, २२ : ०६
बुधबार, २८ पुस २०७८

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर बेलायतमा एक विशेष कार्यक्रमबीच ३०० औं पृथ्वी जयन्ती मनाइएको छ ।  सोहि अवसर पारेर संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका तर्फबाट संस्थापक अध्यक्ष भरत क्षेत्रीले हरेक वर्ष एक जनालाई प्रदान गर्ने गरी घोषित एक लाख रूपैँया राशिको पुरस्कार पृथ्वी पुरस्कार घोषणा गरेका छन् ।

पछिल्लो समय बेलायतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि यसपटकको कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायण शाहले गरेको योगदानलाई स्मरण गर्दै पृथ्वीनारायण शाहप्रति श्रद्धासुम्मन व्यक्त गरिएको थियो ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका संस्थापक अध्यक्ष भरत क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ तथा विशेष अतिथिका रुपमा लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनाल, प्राध्यापक तथा राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी र नागरिक समूहका अध्यक्ष निगम हुमागाईले सम्बोधन गरेका थिए । 

राष्ट्र एकीकरणमा पृथ्वीनारायण शाहको  योगदानलाई सबैले स्मरण गर्नुपर्ने धारणा राखेका छन् । पृथ्वीनारायण शाहप्रति सरकार, जनता र राजनीतिक पार्टीहरूद्वारा गरिएका पछिल्ला गतिविधिको बारेमा चिन्ता व्यक्त गरिएको थियो । त्यस अवसरमा  लन्डनस्थित बुद्धिजीवी चिकित्सक डा। राघवप्रसाद धिताल (ओबिइ), हन्स्लो मेयर विष्णु गुरुङ, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, नेपाली साहित्य विकास परिषद यूकेका संस्थापक अध्यक्ष सुरेशजंग शाह, यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष ध्रुव केसी केसी लगायतले पनि सम्बोधन गरेका थिए ।  

त्यस्तै, कार्यक्रममा समाजसेवी बुद्धिजीवी शिवजी श्रेष्ठ, साहित्यकार विकलचन्द्र आचार्य, साहित्यकार गोपी सापकोटा, एनआरएनए युकेका पूर्व महासचिव फडिन्द्र भट्टराई,नेपाल प्रहरीका पूर्व डिएसपी पत्रकार बाचस्पति रेग्मी, नेपाली वेलफेयर सोसाइटी यूके अध्यक्ष धनबहादुर सार्की, वंशज नागरिकता निरन्तरता अभियानका संयोजक खगेन्द्र पाठक,समाजसेवी(व्यवसायी) कृष्णजंग साह,गोर्खाली समाज यूकेका अध्यक्ष कर्णबहादुर दर्लामी मगर, साहित्यकार हरिसिंह थापा, समाजसेवी साहित्यकार रेसम अर्याल,  तमुधिं लण्डन इकाईको पूर्वअध्यक्ष तथा सल्लाहकार डेभिड  गुरुङ, ठकुरी समाज यूकेका अध्यक्ष राम राजा मल्ल लगायतले पनि मन्तव्य राखेका थिए।

आयोजक संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका संस्थापक अध्यक्ष क्षेत्रीले स्वागत मन्तव्य राख्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्न वर्षेनी कार्यक्रम गरिँदै आएको जनाए । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले बिदा नदिएर ठूलो अन्याय गरेको अध्यक्ष भरत क्षेत्रीको गुनासो थियो ।

पृथ्वीनारायण शाहले खडा गरेको गोर्खा सैनिकमा आवद्ध गोर्खाहरुले समेत पृथ्वीनारायण शाहलाई बिर्सिएकोमा क्षेत्रीले दुःख व्यक्त गरे । कार्यक्रममा बेलायतका प्रमुख नेपाली संघ–संस्था एवम् समुदायका अगुवाहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रम सञ्चालन आरजीएनएस अध्यक्ष जीत रानाभाटले गरेका थिए।

प्राध्यापक डा.सुरेन्द्र केसीलाई पृथ्वी पुरस्कार

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका तर्फबाट संस्थापक अध्यक्ष भरत क्षेत्रीले हरेक वर्ष एक जनालाई प्रदान गर्ने गरी घोषित एक लाख रूपैँया राशिको पुरस्कार पृथ्वी पुरस्कार यसपटक प्राध्यापक डा.सुरेन्द्र केसीलाई प्रदान गरिने घोषणा संस्थापक क्षेत्रीले गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङद्वारा चाँडै नै  उक्त पुरस्कार वितरण गरिने क्षेत्रीले बताए ।

राजनीतिक विश्लेषक डा.केसी कुनै पनि राजनीतिक दलसँग आवद्ध नभई निडर र देशको लागि निरन्तर खबरदारी गर्दै आएका कारण उनलाई थप प्रेरणा र हौसला प्रदान गर्न उनलाई पुरस्कृत गरिएको क्षेत्रीले बताए । आफू सम्मानित हुन पाउँदा ज्यादै खुसी लागेको बताउँदै केसीले अरु उर्जा थपिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप