कोरियामा सफ्टवेयर इञ्जिनियरिङ पढ्ने नेपाली विद्यार्थीलाई आइएमई फाउन्डेसनले छात्रवृत्ति दिँदै

कोरियामा सफ्टवेयर इञ्जिनियरिङ अध्ययन गर्ने नेपाली विद्यार्थीलाई आइएमई फाउन्डेसनले छात्रवृत्ति दिने भएको छ । जीएमआई कोरियाको सहकार्यमा फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर ईन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर अध्ययन गर्ने दुई विद्यार्थीलाई प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकी डलरका दरले छात्रवृत्ति दिने घोषणा गरेको हो ।
छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीलाई आवेदन दिन आइएमई फाउन्डेसनले आग्रह गरेको छ । छात्रवृत्तिका लागि आवेदन दिने म्याद माघ २८ गतेसम्म तोकिएको छ । इच्छुक विद्यार्थीले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सहित सम्बन्धित ठेगाना वा इमेलमार्फत आवेदन दिन सक्नेछन् ।
सफ्टवेयर ईन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक उत्तीर्ण इच्छुक जो कोहीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने फाउन्डेसनले जानकारी दिएको छ । कोरियामा अध्ययनरत रहँदा विद्यार्थीलाई जीएमई कोरियामा सशुल्क इन्टर्नसीप अवसर प्राप्त हुनेछ भने अध्ययन समाप्तिपछि कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालीन आवद्व हुनुपर्ने शर्त छ । छात्र/ छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसरसमेत प्राप्त हुने जनाइएको छ ।
रितपूर्वक आवेदन दिएका आवेदकमध्ये छनोटमा परेकालाई फाउन्डेसनले अन्तर्वार्तामा बोलाउनेछ । छनोटमा परेका छात्र÷छात्राहरूले सम्बन्धित निकायबाट इजाजत आफैँले लिनुपर्नेछ । पढाइमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने पनि फाउडेशनले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता