बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियामा सफ्टवेयर इञ्जिनियरिङ पढ्ने नेपाली विद्यार्थीलाई आइएमई फाउन्डेसनले छात्रवृत्ति दिँदै

बुधबार, २८ पुस २०७८, २१ : ४१
बुधबार, २८ पुस २०७८

कोरियामा सफ्टवेयर इञ्जिनियरिङ अध्ययन गर्ने नेपाली विद्यार्थीलाई आइएमई फाउन्डेसनले छात्रवृत्ति दिने भएको छ । जीएमआई कोरियाको सहकार्यमा फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर ईन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर अध्ययन गर्ने दुई विद्यार्थीलाई प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकी डलरका दरले छात्रवृत्ति दिने घोषणा गरेको हो । 

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीलाई आवेदन दिन आइएमई फाउन्डेसनले आग्रह गरेको छ । छात्रवृत्तिका लागि आवेदन दिने म्याद माघ २८ गतेसम्म तोकिएको छ । इच्छुक विद्यार्थीले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सहित सम्बन्धित ठेगाना वा इमेलमार्फत आवेदन दिन सक्नेछन् । 

सफ्टवेयर ईन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक उत्तीर्ण इच्छुक जो कोहीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने फाउन्डेसनले जानकारी दिएको छ । कोरियामा अध्ययनरत रहँदा विद्यार्थीलाई जीएमई कोरियामा सशुल्क इन्टर्नसीप अवसर प्राप्त हुनेछ भने अध्ययन समाप्तिपछि कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालीन आवद्व हुनुपर्ने शर्त छ । छात्र/ छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसरसमेत प्राप्त हुने जनाइएको छ । 

रितपूर्वक आवेदन दिएका आवेदकमध्ये छनोटमा परेकालाई फाउन्डेसनले अन्तर्वार्तामा बोलाउनेछ । छनोटमा परेका छात्र÷छात्राहरूले सम्बन्धित निकायबाट इजाजत आफैँले लिनुपर्नेछ । पढाइमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने पनि फाउडेशनले दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप