प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट ३ जनालाई विभूषित गर्ने
गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट तीन जनालाई विभूषित गर्ने भएको छ । प्रदेशमा रहेर विभिन्न क्षेत्रमा बिशेष योगदान पुर्याएका मध्येबाट ३ जनालाई सरकारले सम्मान गर्ने भएको हो । प्रदेश सरकारले विषेश योगदान पुर्याएका मध्येबाट ३ जनालाई सम्मान गर्ने उदेश्यले चालु आर्थिक वर्ष २०७८/०७९ मा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘गण्डकी रत्न’ बाट विभूषित गर्न ‘विशिष्ट व्यक्ति सम्मान कार्यविधि २०७८’स्वीकृत गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिए । सांसदको हैसियत बराबर हुनेगरी ‘गण्डकी रत्न’ बाट सम्मान गर्ने निर्णय भएको उनले बताए ।
प्रवक्ता खड्काका अनुसार ‘गण्डकी रत्न’ बाट विभूषित गरिने ब्यक्ति शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि लगायत क्षेत्रमा योगदान पुर्याएका मध्येबाट छनोट गरिने छ । ‘गण्डकी प्रदेशको बासिन्दा रहेर विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका तीन जनालाई सम्मान गर्ने कार्यको थालनी गर्न लागेका छौं’, उनले भने, ‘सरकारले बनाएको सिफारिस समितिले समाज सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने तीन जना ब्यक्ति छनोट गरेर पेश गरेपछि मन्त्रिपरिषदको बैठकले अनुमोदन गरेसँगै सरकारले विषेश सम्मान गर्नेछ ।’
सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै आज सरकारका प्रवक्ता खड्काले गण्डकी सरकारले सर्वाधिक ठूलो सम्मानको रूपमा लिएको बताउँदै यस रत्न पाउन प्रदेशमा महत्वपूर्ण योगदान पुर्याएको हुनुपर्ने बताए ।
‘गण्डकी रत्न’ बाट सम्मानित हुने व्यक्तित्व सामाजिक, आर्थिक कार्यबाट सामाजिक सद्भाव, रोजगारी, प्रविधि विकास, संस्कृति, कला संरक्षण लगायत समाज सेवाका क्षेत्रमा अब्बल र अनुकरणीय कार्य गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
सरकारले सम्मान गर्ने ब्यक्ति छनोट गर्नका लागि सिफारिस समितिमा प्रदेश सरकारका वरिष्ठतम् मन्त्रीको अध्यक्षतामा अर्थमन्त्री, आन्तरिक मामिला मन्त्री र प्रमुख सचिव सदस्य रहने कार्यविधिमा उल्लेख छ । विभूषणबाट सम्मानितलाई सार्वजनिक सभा–समारोहमा प्रदेशसभा सदस्य सरहको मान्यता सहित सेवा, सुविधा दिने व्यवस्था कार्यविधिले गरेको छ । त्यसैगरी प्रदेश सरकार मातहत रहेका अस्पतालमा निशुल्क स्वाथ्य उपचार सेवा, प्रदेशभित्र रहेका विमानस्थलमा अतिविशिष्ट कक्षको सुविधा र अन्य सार्वजनिक सेवाको क्षेत्रमा समेत सेवाका लागि प्राथमिकता दिने कार्यविधिमा उल्लेख छ ।
सम्मानित व्यक्तित्वलाई विभूषित हुँदाको बखत सम्मानस्वरूप सुनजडित चाँदीको तक्मा र प्रमाणपत्र दिइने प्रवक्ता खड्काले बताए । त्यसैगरी मन्त्रिपरिषद्ले रोजगार सूचना केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७८ लाई पनि स्वीकृत गरेको छ । सूचना केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिकाको स्वीकृतिसँगै प्रदेश सरकार मातहत रहने गरी रोजगार सूचना केन्द्र स्थापना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)