बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सिंहदरबार प्रवेश पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय

बुधबार, २८ पुस २०७८, २२ : ३३
बुधबार, २८ पुस २०७८

गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको छ । पछिल्लो समयमा बढ्दै गएको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको हो ।

बुधबार मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ : ‘हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका सबै स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने, अब उप्रान्त नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने ।’

मन्त्रालयले सरसफाईसँग सम्बन्धित व्यक्तिहरुको हकमा पूर्व जारी भएका पास र अस्थायी परिचयपत्रहरुबाटै नै प्रवेश दिने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप