मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एमाले जिल्ला अधिवेशन : कालिकोटमा पाण्डे र शाहीबीच प्रतिस्पर्धा

बुधबार, २८ पुस २०७८, १९ : २८
बुधबार, २८ पुस २०७८

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कालिकोटमा पनि निर्वाचन हुने भएको छ । सहमति नजुट्दा जसीप्रसाद पाण्डे र रमेशकुमार शाहीको प्यानल चुनावी मैदानमा होमिएका हुन् । एमालेका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला ईन्चाज नेशनल शाहीका अनुसार बिहीबार बिहान ९ बजेदेखि मतदान हुनेछ । 

अध्यक्ष पदका उम्मेदवार पाण्डे खाडाचक्र नगरपालिकाका मेयर हुन् । उनी कालिकोटका पुराना कम्युनिष्ट नेता हुन् । यस्तै अर्को उम्मेदवार शाही वर्तमान पार्टी उपाध्यक्ष हुन् । दुवै जना जिल्लामा राम्रो छवि बनाएका नेता भएकाले पनि प्रतिस्पर्धा कडा हुने देखिन्छ ।  यस्तै उपाध्यक्ष पदका लागि ५ जना, सचिवका लागि २ जना र उपसचिवका लागि ६ जनाको उम्मेदवारी परेको बताइएको छ । 

उपाध्यक्षमा अलिबहादुर शाही,दयाराम सिंखडा,बेलकोसा शाही,लक्ष्मी चौलागाई र शक्कबहादुर बमले उम्मेदवारी दर्ता गराएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप