बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आइएमई जनरलको कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ताको तालिम सम्पन्न

बुधबार, २८ पुस २०७८, १८ : १५
बुधबार, २८ पुस २०७८

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम  कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । तालिम पुस २५ गतेदेखि २८ गतेसम्म चलेको थियो ।

उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरुबीच आफ्नो योग्यता, तालिम तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुबीचमा उत्कृष्ठ भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा कम्पनीले गरेको छ । तालिमबाट देशभरबाट उत्साहजनक सहभागिता थियो । यसबाट बीमा समितिले निर्देश गरे बमोजिम कृषि तथा पशुपन्क्षी बीमामा उल्लेख रुपमा वृद्धि भई ग्राहक हरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप