शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुधबार, २८ पुस २०७८, १७ : ४३
बुधबार, २८ पुस २०७८

गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३०६ जनामा गरिएको परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५६ जना महिला र ६५ जना पुरुष रहेका छन् ।

 प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्चरुपमा बृद्धी भएको छ । शुक्रबार प्रदेशका विभिन्न जिल्लामा १६ जना मात्र संक्रमित देखिएकोमा आइतबार ३८ सोमबार ७०, मंगलबार ११४ र बुधबार थप १२१ जनामा संक्रमण देखिएको छ । 

शुक्रबारदेखि बुधबार सम्मको तुलना गर्दा प्रदेशमा कोरोना संक्रमण तिव्ररुपमा फैलिएको अनुमान गर्न सकिन्छ ।  
पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा कास्कीका ६६, बागलुङ ११, स्याङजा ८,मुस्ताङमा ४, म्याग्दी ४, तनहँु ७ र नवपरासी पूर्वमा २१ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८८ हजार ८८८१ पुगेको छ । 

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ । प्रदेशमा पछिल्लो चौविस घण्टामा थप २७ जना संक्रमणमुक्त भएका छन ।

प्रदेशमा हालसम्म संत्रमणमुक्त हुनेको संख्या ८७ हजार ०३ पुगेको छ । प्रदेशमा हालसम्म ३ लाख ५८ हजार २८८ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ४५१ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये ४२६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप