मिडिया विधेयक पत्रकारको हित बमोजिम नै ल्याउँछौं : मन्त्री थापा
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले मिडिया विधेयकका विषयमा धेरै शंका नगर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा बुधबारदेखि सुरु भएको आधारभूत पत्रकारिता तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले मिडिया विधेयक पत्रकारको हकहित स्थापित गर्ने गरी अगाडि बढाइने बताए ।
मन्त्री थापाले प्रदेश सरकारले अगाडि बढाएको आमसञ्चार विधेयक अहिले विधायन समितिमा छलफलकै क्रममा रहेको जानकारी गराए । पत्रकार र सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह अनुसार मिडियामैत्री कानुन निर्माण गर्ने पक्षमा आफू रहेको उनको भनाइ छ । उनले भने, ‘विधायन समितिका सभापतिसँग मिडिया विधेयकका बारेमा पटकपटक छलफल भइरहेको छ । बालबालिका सम्बन्धी विधेयकका बारेमा अहिले छलफल चलिरहेको छ । यो छलफल टुंगिएपछि आमसञ्चार विधेयकलाई अगाडि बढाउने योजनामा छौं ।’
मन्त्री थापाले आमसञ्चार विधेयक समयानूकुल पास गरिसकेपछि प्रेस रजिष्ट्रारको कार्यालय पोखरामै स्थापना गर्ने योजना रहेको बताए । ‘विधेयकमा प्रेस रजिष्ट्रारको नियुक्तिका विषय लगायत प्रेससँग सम्बन्धित सबै बाँकी काम अगाडि बढाउन मिल्नेगरी मिडिया विधेयक छिटै पास गर्छौं ।’
पोखरा लगायत गण्डकी प्रदेशमा सञ्चालनमा रहेका मिडियाले दर्ता, नवीकरणका विषयमा भोग्नुपरेका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री थापाको भनाइ छ । उनले लोककल्याणकारी विज्ञापनलाई समेत प्रभावकारी ढंगबाट वितरण गर्न सञ्चार मन्त्रालय अगाडि बढेको बताए ।
उनले पत्रकारलाई पत्रकारिताको मर्यादाभित्र रहेर काम गर्न समेत आग्रह गरे । उनले पत्रकारिता क्षेत्रमा पनि विकृति र विसंगति मौलाएको बताउँदै यसको निरुपणका लागि सम्बद्ध संस्था लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’
-
पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव
-
१० बजे १० समाचार : एमाले बैठकमा भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, रविविरुद्ध काठमाडौँमा पनि मुद्दा
-
विपद् प्राधिकरणको राष्ट्रिय परिषद्को बैठक सम्पन्न, सोमबार निर्णय सार्वजनिक गरिँदै
-
रास्वपाले रवि लामिछानेलाई भन्यो संस्थापक सभापति
-
विदेश पठाउँछु भनेर ठग्ने ३ जना पक्राउ