बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनको नारा लेख्नेलाई अख्तियारले नगद दिने

बुधबार, २८ पुस २०७८, १६ : ५७
बुधबार, २८ पुस २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका विषयमा उत्कृष्ट नारा लेखेर पठाउने १० जनालाई नगद पुरस्कार दिने भएको छ । आयोगको ३१ औं स्थापना दिवस अवसरमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा थप जागरुकता ल्याउने उद्देश्यले आयोगले यस्तो घोषणा गरेको हो । 

उक्त कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट १० प्रतियोगीहरुलाई जनही दुई हजार रुपैयाँ नगद पुरस्कार दिने आयोगले जनाएको छ । भष्टाचारविरुद्ध तथा सुशासन प्रवद्र्धनको नारा भने प्रतियोगीले यही पुस ३० गतेभित्र पठाइसक्नुपर्ने छ ।

आयोगको ३१ औं स्थापना दिवस २०७८ माघ २८ मा सार्वजनिक गर्नेगरी पुस ३० गतेसम्म नारा पठाउने १० जनालाई जनही २ हजारका दरले पुरस्कृत गरिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ । 

तर, एकजना व्यक्तिलाई अधिकतम् एउटा नाराको लागि मात्र पुरस्कृत गरिने आयोगको सोही सूचनामा उल्लेख छ । पुरस्कृत नाराहरूलाई आयोगले विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरुमा प्रयोग गर्ने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप