बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा गठबन्धन टिकाउन राज्यको स्रोत साधन दुरुपयोग गरिँदैछ : यामलाल कँडेल

बुधबार, २८ पुस २०७८, १६ : ५१
बुधबार, २८ पुस २०७८

कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले वर्तमान सरकार राज्यको स्रोत साधनको दुरुपयोग गरेर गठबन्धन टिकाउन लागिरहेको आरोप लगाएका छन् । कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा बोल्दै कँडेलले मुख्यमन्त्री नियुक्त भएको लामो समयसम्म सरकारलाई पुर्णता नदियर राज्यको स्रोत साधनमा गठबन्धन टिकाउन अहिलेका मुख्यमन्त्री लागिरहेको आरोप लगाएका हुन् ।

उनले भने,‘ प्रदेश सरकारले अहिले ५ देखि १० लाखका योजना बाँड्दै प्रदेश सरकार हिँडिरहेको छ। यी योजनाहरुको अनुगमन कसरी कहाँ गर्ने हो ? सरकारमा रहेका मानछेहले सरकारी स्रोत साधनलाई पार्टीको कार्यकर्ता बढाउने गरी खुलेआम प्रयोग गरिरहेका छनन् । यही होत सरकारको प्राथमिकता ? त्यी योजना समाजमा नभई सिधै नेता र नेताका आसेपासेको घरमा जाने भए ।  सरकारको प्राथमिकता यही हो त ?’

साथै नेता कँडेलले कुन मन्त्रालयका कति योजना वितरणमुखी छन् त्यसको संसदमा सूचीकरण गरिनुपर्ने बताए । उनले भने,‘ यो सरकार व्यवहारमा नभई अभिलेखमा सीमित छ । व्यवहारमा अनुभूती गर्ने गरी सरकार अघि बढे एमालेले सहयोग गर्छ । मान्छेहरु गठबन्धन टिकाउन झ्याल झ्यालमा मन्त्रालयका साईन बोर्डहरु टाँसिएका छन्।’ 

साथै नेता कँडेलले प्रदेश सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रममाथि प्रश्न उठाउँदै अनियमितता भएको टिप्पणी गरे । ‘पुँजीगत खर्चको आधा हिस्सा दान–दातालाई दिने खालको कार्यविधि बन्यो, ‘उनले भने,‘स्थानीयतहको भूमिकालाई नराखीकन जसलाई जहाँ मन लाग्छ त्यही दान दिनका लागि बजेट वितरण गरिएको कार्यविधिमा प्रष्ट देखिएको छ।’

पुर्वाधार विकास कार्यक्रमको कार्यविधि मुख्यमन्त्री केन्द्रीत बनाएको प्रतिपनि उनले आपत्ति जनाएका थिए ।  उक्त कार्यक्रम वितरणमुखी भएको भन्दै त्यसमा नयाँ मुख्यमन्त्रीको ध्यानाकर्षण उनले गराए । 

नेता कँडेलले  असारको ३० गतेदेखि आज पहिलो पटक संसदमा सरकार र प्रतिपक्षको भेट संवैधानिक बाध्यताले गराएको बताए। संवैधानिक बाध्यता नहूँदो हो त यो भेट हुँदैन थियो,’उनले भने,‘ सांसदले प्रश्न उठाउँछ तर सरकारले सुन्दैन ।’

साथै उनले मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षलाई ‘वाईपास’ गर्न खोजेको आरोप लगाए । हाम्रो महाधिवेशन पुर्व निर्धारित भएको कुरा थाह थियो नै । तर पनि त्यही समय पारेर विश्वासको मत लिईयो । अनि प्रतिपक्ष सहभागी नभएको भन्दै गलत प्रचार गरिएको,’उनले भने।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप