शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेको उकालो यात्रामा लाग्यो ब्रेक, भयो ८ अर्ब माथिको कारोबार

बुधबार, २८ पुस २०७८, १६ : ४५
बुधबार, २८ पुस २०७८

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ३० अंकमाथिको करेक्सन आएको छ । केही दिनयता लगातार उकालो यात्रामा रहेको नेप्सेको उकालो यात्रामा ब्रेक लागेको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३०.५१ अंकले घट्दै २८ सय ३.६२ विन्दुमा झरेको छ । अघिल्लो दिन अर्थात् मंगलबार यस्तो सूचक अधिकतम् ४९.१९ अंकले बढेर २८ सय ३४.१३ विन्दुमा पुगेको थियो । 

यस्तै, आज यता ‘क’ वर्गको ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७.०४ अंकले घटेर ५२१.८३ विन्दुमा झरेको नेप्सेले जनाएको छ । 

यस दिन ट्रेडिङ, म्यानु एण्ड प्रो र इन्भेष्टमेन्ट बाहेकका सबै उपसूचकहरु ऋणात्मक भएका छन् । 

तर आज ३० अंकमाथिले घटेको बजारमा ८ अर्ब माथिको कारोबार भएको छ । नेप्सेका अनुसार आज कुल २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार कित्तामाथिको सेयर ९० हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा ८ अर्ब तीन करोड ३२ लाखको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप