
अनेरास्ववियूद्वारा विपन्न समुदायलाई न्यानो लुगा वितरण

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सर्लाहीका दुई स्थानीय तहका विपन्न समुदायलाई जाडोको कपडा वितरण गरेको छ । अनेरास्ववियूको उपत्यका विशेष प्रदेश कमिटीको पहलमा निशुल्क जाडोका कपडा सहित लुगा लत्ता वितरण गरिएको हो ।
अनेरास्ववियूकी केन्द्रीय महासचिव आरति लामाको नेतृत्वको टोलीले सर्लाहीको चन्द्रनगर गाउँपालिका र हरिवन नगरपालिकाको वर्डा नम्बर ३ मा लुगा कपडा वितरण गरेको छ । चन्द्रनगरको मुसहर बस्तीका २ सय र हरिवनको दलितरचमार र दनुवार बस्तीका ३ सय विपन्न समुदायका मानिसलाई लुगा कपडा उपलब्ध गराइएको अनेरास्ववियूका सचीव तथा उपत्यका विशेष प्रदेशका संयोजक प्रदिप थापाले जानकारी दिए ।
थापाले दनुवार बस्तीका ५० जना वृद्ध वृदा, ५० जना नाबालक, द्वन्द्वपीडित र अनाथ बालबालिकालाई सर्लाही पार्टीसँगको समन्वयमा न्यानो लुगा वितरण गरिएको जानकारी दिए ।
एकीकृत समाजवादीकी नेतृ तथा २ नम्बर प्रदेश सभाकी सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित न्यानो लुगा वितरण कार्यक्रममा सर्लाही जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा अनेरास्ववियूकी महासचिव आरती लामाका साथै अनेरास्ववियू २ नम्बर प्रदेश कमिटी संयोजक राजकुमार विक, स्थायी कमिटी सदस्य सरिता खाती, अविचल पौडेल , सचिवालय सदस्य सबिन बोहरा र सर्लाही जिल्ला अध्यक्ष विनोद रेग्मीको उपस्थिति रहेको थियो ।
अनेरास्ववियूले तराईमा जाडोयाममा बढेको शीतलहर र चिसोका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण अभियान शुरु गरेको अनेरास्ववियू उपत्यका विशेष प्रदेशका संयोजक थापाको भनाइ छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ