बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा फैलियो कोरोना, देउवाकाे भोलि पीसीआर गरिने

बुधबार, २८ पुस २०७८, १५ : १७
बुधबार, २८ पुस २०७८

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास  बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए । देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा  दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ  देखिएको थियो  । 

दैनिक सम्पर्क भएका  व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि  देउवाले फेरि पीसीआर गर्न लागेका छन् । 

देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्रीले बिहीबार फेरि पीसीआर गराउने बताए । हाल क्वारेन्टिनमा रहेका देउवा बिहीबारको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको खण्डमा राजनीतिक भेटवार्तालाई निरन्तरता दिनेछन् । अहिले देउवाले केही दिनका लागि राजनीतिक भेटघाट तथा  सरकारी औपचारिक  सबै  कार्यक्रम रद्द गरेको भानुले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप