मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक जरिवाना मेसिनबाट तिर्न सकिने

बुधबार, २८ पुस २०७८, १४ : ५७
बुधबार, २८ पुस २०७८

 ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना अब मेशिनबाटै तिर्न सकिने भएको छ । ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनमार्फत तिर्न सकिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसअघि चालकले ग्लोबल आईएमई बैंकमार्फत भौचर भरेर ट्राफिक जरिवाना तिर्दै आएका थिए । 

पछिल्लो समय ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्यूआर पेमेन्ट मार्फत पनि जरिवाना तिर्न सकिने व्यवस्था संचालनमा छ ।

बुधवार  आयोजित कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि प्रभु–पेको किअस्क मेसिन उद्घाटन गरेका छन् । एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस भन्ने उद्देश्यले सो मेसिनको जडान गरेको बताए । 

प्रभु–पेका अध्यक्ष कुसुम लामाले मेसिनले बैंकिङ कारोबार बन्द भएको समयमा समेत सेवा दिने बताइन् । 

हाल ट्राफिक महाशाखा सहित उपत्यकामा ३०९ स्थानमा प्रभु–पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरि अन्य ट्राफिक प्रहरी कार्यालयहरूमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप