एमाले बाजुराको अध्यक्षमा शाही सर्वसम्मत
बुधबार, २८ पुस २०७८, १४ : २३
नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिवेशनबाट कालीबहादुर शाही जिल्ला कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका छन् । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत चयन भएका हुन् ।
पहिलो कार्यकालमा सात बर्षसम्म अध्यक्ष रहेका शाही दोस्रो कार्यकालमा पनि अध्यक्ष चयन भएका हुन् । गत २३ पुसदेखि सञ्चालन भएको अधिवेशनले शाहीलाई सर्वसम्मतिमा चयन गरेको एमाले बाजुराले जनाएको छ । उनी जगन्नाथ गाउँपालिकाको अध्यक्षसमेत हुन् ।
यस्तै, अधिवेशनबाट उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, उपसचिवमा जनक बोहोरा र हरि रोकाया चयन भएका छन् । अध्यक्ष शाहीको नेतृत्वमा ९० जनाको जिल्ला कमिटी गठन भएको छ । अधिवेशन २७ पुसमा सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती