आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

बुधबार, २८ पुस २०७८, ११ : ४६
बुधबार, २८ पुस २०७८

बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदे बालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् ।

बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदे बालीमा नोक्सानी गरेको बडिकेदार–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताए । उनका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पुर्याएको छ । 

यसैगरी भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको स्थानीयवासी बताउँछन् । सुन्तला र कागतीका दानासमेत असिनाले झारिदिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप