यती एयरलाइन्सका यात्रुलाई पठाओमा ५० प्रतिशतसम्म छुट !
यती एयरलाइन्सका यात्रुहरुले अब पठाओ सेवामा विशेष छुट पाउने भएका छन् । यात्रुहरुको सहजता र सुलभतालाई विशेष ध्यान दिँदै एयरलाइन्स र पठाओबीच सहकार्यको सम्झौता भएको हो ।
हालै राजधानीमा एक कार्यक्रमकाबीच दुई कम्पनीले व्यवसायिक साझेदारीको सम्झौतापत्रमा हस्ताक्षेर गरेका छन् ।
सम्झौता अनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छूट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा अधिकतम् ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
काठमाडौ उपत्यकाका यात्रुलाई एयरपोर्ट सम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्यसम्म पुग्न सहजताको लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा ‘सहज यात्रा’ अफर ल्याएको कम्पनीले बताएको छ ।
हवाई यात्रुलाई एयरपोर्ट जान र आउन सहज यात्रा होस् भन्ने उदेश्यले यति एयरलाइन्स सँग सम्झौता गरिएको पठाओको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । भविष्यमा यति एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको हमालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल