बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका तालिवान नेता अफगानिस्तानमा मारिए

बुधबार, २८ पुस २०७८, ११ : ३४
बुधबार, २८ पुस २०७८

पूर्वी अफगानिस्तानमा तेहरिक इ तालिवान पाकिस्तान (पाकिस्तान तालिवान) का एक वरिष्ठ नेता मारिएका छन् । तालिवान नेता खालिद बाल्टी ‘ मुहमद खोर्सानी’ मारिएको पाकिस्तानी सुरक्षाकर्मीले पुष्टि गरेका छन् । सशस्त्र समूह र पाकिस्तान सरकारबीचको वार्ता अवरुद्ध भइरहेका बेला तालिवान नेता मारिएको विवरण सार्वजनिक हुन् । 

खोर्सानी पाकिस्तानसँगको सीमावर्ती क्षेत्र नानगारह प्रान्तमा मारिएको पाकिस्तान तालिवानले जनाएका छ । समूहको प्रवक्ता हुँदा उनी तालिवान माझ मुहमद खोर्सानी नामले परिचित थिए ।

खोर्सानीलाई अज्ञात बन्दुधारीहरुले हत्या गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको मृत्युबारे तालिवानले अनुसन्धान सुरु गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप