ललिता निवास प्रकरण : ‘किर्ते’ मुद्दामा पक्राउ गरिएका सुवेदी दम्पती रिहा
बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई रिहा गरिएको छ । पुस ७ मा पक्राउ परेका सुवेदी दम्पतीलाई सरकारी वकिलको सहमति लिएर हाजिर जमानीमा रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) श्यामकुमार महतोले रातोपाटीलाई बताए ।
सिआइबीले लिखत किर्ते कसुरमा मुद्दा चलाउन रायसहितको प्रतिवेदन पठाएकोमा थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै सरकारी वकिल कार्यालय काठमाडौंले प्रतिवेदन सिआइबीलाई नै फिर्ता पठाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले सो कसुर ०६९ भन्दा पहिलेको भएकाले मुलुकी ऐनअनुसार अनुसन्धान हुने भन्दै हदम्याद नसकिने निष्कर्ष निकालेको छ । सो निष्कर्षका आधारमा तत्काल मुद्दा नचल्ने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले थप अनुसन्धानका गर्न बुँदागत निर्देशनसहित अनुसन्धान प्रतिवेदन फिर्ता गरेका थियो ।
सरकारी कागजात ‘किर्ते’ आरोपी सुवेदी दम्पती जग्गा हिनामिना गर्ने मुख्य योजनाकार हुन् । बालुवाटारको जग्गा हिनामिना सम्बन्धमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।
शारदाप्रसाद त्रिताल नेतृत्वको छानविन समितिले जग्गा हिनामिनाबारे केन्द्रीय अनुसन्धान ब्यूरोलाई विस्तृत अनुसन्धान गर्न दिनुपर्ने सुझाव दिएपछि गृहमन्त्रालयले ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । सुवेदी दम्पती काठमाडौं महानगरपालिका–१३ स्थित ताहाचलका हुन् ।
सरकारको नाममा आएको जग्गा सुवेदी दम्पतीले मालपोत र नापी कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारेर कागजात किर्ते गरेर आफ्नो नाममा लिएका थिए । उनीहरुले तत्कालीन मन्त्री र प्रधानमन्त्रीहरूलाई समेत प्रयोग गरेर सो जग्गा आफ्नो नाममा ल्याएर बेचेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी