शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड फिल्म ‘एनिमल’ मा अभिनय गर्दै विपिन

बुधबार, २८ पुस २०७८, ११ : ०१
बुधबार, २८ पुस २०७८

लोकप्रिय अभिनेता विपिन कार्कीको अभिनय बलिउड फिल्ममा पनि रहने भएको छ । फिल्म ‘एनिमल’ मा मुख्य भूमिकाका लागि उनी छनौटमा परेका हुन् । फिल्म अभिनय विषयमा आफ्नो कुरा पक्की भएको अभिनेता विपिनले बताए ।

‘निर्देशक टिमबाट मलाई फिल्म अभिनयको लागि फोन आएको थियो । फिल्म अभिनय पक्कापक्की भएको छ,’ विपिनले भने ‘सुटिङ जुलाई तथा अगष्टमा हुने भनिएको छ । काम गर्ने कुरो फाइनल भयो ।’ सेल्फी किङ हेरेर प्रभावित भएपछि सो फिल्म अफर गरेको उनले सुनाए । अहिले औपचारिक सम्झौता भने भएको छैन । तर निर्माण युनिटले टिमले ढुक्क हुन भनेको छ’ विपिनले थपे ।

सन्दिप रेड्डी भांगाले निर्देशन गर्न लागेको ‘एनिमल’ मा रणवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडा लगायतको अभिनय रहनेछ । निर्माण युनिटले फिल्मको फष्टलुक समेत सार्वजनिक गरेको छ । विपिनको यो पहिलो बलिउड फिल्म हो । थुप्रै नेपाली फिल्म अभिनय गरेका विपिनले केही अगाडि ‘रेड सुटकेस’ फिल्म अभिनय सकाएका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप