भारतमा एकै दिन एक लाख ९४ हजार जनामा कोभिड संक्रमण
भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । बुधबार एकै दिन एक लाख ९४ हजार जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।
पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । बुधबारको संक्रमण दर अघिल्लो दिनको तुलनामा १५ प्रतिशतले बढेको हो ।
भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ ।
१५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् ।
यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ । सिंहलाई सामान्य लक्षण देखिएको छ । संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोभिड परीक्षण गर्न उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
-
निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला
-
सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही
-
जीतपुर सिमराले भत्कायो सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना
-
न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश
-
होटलमा जुवातास खेलिरहेका ९ जना पक्राउ