शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री साहद्वारा मौलापुरमा चोकहरूको नामकरण

बुधबार, २८ पुस २०७८, ०७ : ३८
बुधबार, २८ पुस २०७८

पूर्वमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहले गृह नगर रौतहटको  मौलापुर बजारमा विभिन्न चोकको नामकरण गरेका छन्। साहको सुझावमा  मौलापुर नगरपालिकाको कार्यपालिका बैठकले  ऐतिहासिकता, मौलिकता र आधुनिकताको आधारमा चोकहरूको नामकरण गरेको हो। 

सोही निर्णय अनुसार मंगलबार एक समारोहबीच नेता प्रभु साहको प्रमुख आतिथ्यमा  विधिपूर्वक  नाम सहितको बोर्डहरू ५ स्थानमा स्थापना गरिएको छ। मौलापुर पुरातात्त्विक महादेव स्थानमा अद्भूतनाथ चोकको नामले नामकरण गरिएको छ । त्यस्तै बहुप्राविधिक शिक्षालय नजिक क्याम्पस चोक, लैण्डपुलिङ भएको स्थानलाई स्मार्ट चोकलगायत महावीर चोक र हिमगिरी चोक गरि मौलापुर बजार क्षेत्रमा ५ वटा चोकको नगरप्रमुख रिनाकुमारी साहले जानकारी दिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप