शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

दाङमा माघी मेला स्थगित

मङ्गलबार, २७ पुस २०७८, २२ : २१
मङ्गलबार, २७ पुस २०७८

दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको माघी मेला यस वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको छ । दाङको घोराही १३ को बाह्रकुने दह र लमही ९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा यस पटक मेला नलाग्ने भएको हो । 
 

बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको निर्णय अनुसार दहमा मेला स्थगित गरिएको जानकारी दिए । संक्रमण दर बढेको र सरकारले समेत २५ जना भन्दा बढी भिडभाड हुन तथा मेला महोत्सव गर्न रोक लगाएको हुँदा मेला स्थगित गरिएको उनले जानकारी दिए ।  

धार्मिक स्थल समेत भएकाले मन्दिरमा पूजाआजा भए पनि मेला भने नहुने उनले जानकारी दिए । मन्दिरमा पूजा गर्नका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक झन्डै तीन सय मानिसहरु आउने गरेका छन् । मन्दिरमा भेडाको बली दिइने र परेवा उडाइने गरिन्छ ।

यस्तै लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङ लगायत भारतबाट पनि भक्तजन आउने गर्दछन् । त्यहाँ पनि दैनिक मानिसहरुको भिडभाड र जमघट हुने गर्दछ । तर यस वर्ष मेला स्थगित गरिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप