शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले दैलेख अधिवेशनमा भाँडभैलो : खसेको भन्दा ३१ मत बढी भेटियो, निर्वाचन रद्द

मङ्गलबार, २७ पुस २०७८, २२ : १६
मङ्गलबार, २७ पुस २०७८

नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचनका सबै कार्यक्रम रद्द गरिएको छ। अब केन्द्रीय निर्वाचन आयोगको छानबिन पछि मात्र थप प्रक्रिया अघि बढाउने बताइएको हो। 

तर नेताहरू अहिले छलफलमा रहेको एमाले दैलेखका नेता लक्ष्मीप्रसाद पोखरेलले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार एमाले दैलेखमा जम्मा मतदाताको सङ्ख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मत पेटिका खोल्दा  ७४८ मत भेटिएपछि निर्वाचन मण्डलको कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप