कास्की एमाले अधिवेशन : जिल्ला नेतृत्वका लागि मतदान सकियो, आजै मतगणना
नेपाल कम्युनिस्ट पार्टी एमाले कास्कीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा ९७.५ प्रतिशत मत खसेको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशन अन्तरगत मंगलबार भएको निर्वाचनमा ९१९ सदस्यमध्ये ८९६ जनाले मतदान गरेको निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए ।
बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न सकिएको थियो । एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएका छन् । केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थनमा मनबहादुर गुरुङ उम्मेदवार बनेका छन् भने अर्का संगठन विभाग प्रमुख खगराज अधिकारीलेको समर्थनमा दामोदर वैरागी चुनावी मैदानमा उत्रिएका छन् ।
गण्डकीका प्रभाशाली नेताद्वय गुरुङ र अधिकारीले नेतृत्वमा आफू निकट नेतृत्व चयन गर्न चाहेकाले चार दिनसम्म अधिवेशन लम्बिएको छ । पार्टीमा दुवै ओलीनिकट भए पनि केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्मको नेतृत्व चयनमा आफू निकटको नेतृत्व चयनमा चासो राख्ने गरेका छन् ।
एमाले कास्कीको अध्यक्षमा वैरागी र गुरुङ चुनावी मैदानमा छन् । त्यस्तै उपाध्यक्षमा अधिकारी समूहका प्रभा कोइराला र गुरुङ समूहका तेजनारायण अधिकारी, सचिवमा अधिकारी समूहका बैनबहादुर अधिकारी क्षेत्री र गुरुङ समूहका विष्णुबहादुर केसीको उम्मेदवार बनेका छन् ।
यसैगरी दुई उप–सचिवमा अधिकारी समूहबाट दर्शन लामा र नवराज ओझा छन् भने गुरुङ समूहबाट मनभुजा विक र ईमानराज पौडेल चुनावी मैदानमा छन् ।मतदान सकिएकाले आज साँझदेखि मतगणना सुरु गर्ने तयारी थालिएको निर्वाचन अधिकृत थापा मगरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान