बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

धरानका कृषकलाई पावर ट्रिलर हस्तान्तरण

मङ्गलबार, २७ पुस २०७८, १९ : ४०
मङ्गलबार, २७ पुस २०७८

धरान उपमहानगरपालिकाले किसानलाई खेतबारी जोत्ने पावर ट्रिलर हस्तान्तरण गरेको छ । मङ्गलबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० का मच्छिन्द्र कृषि तथा पशुपन्छी फर्म, वडा नं. ४ का दाजुभाइ फर्म, वडा नं. ५ का निसानदेवी कृषि समूह र वडा नं. ५ कै ठिंगाबारी कृषि समूहलाई  ४ थान पावर ट्रिलर हस्तान्तरण गरेका हुन् । 

उपमहानगरपालिकाका कृषि शाखाका अधिकृत भक्तिराज शर्माका अनुसार उपमहानगरपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लागत साझेदारीमा खरिद गरेर कृषकहरूलाई वितरण गरिएको हो । मेयर राईले धरान उपमहानगरपालिका साबिक विष्णुपादुका गाविस र पाँचकन्या गाविस मिलेपछि उपमहानगरपालिका बनेको जनाउँदै  साबिक दुई वटै गाविस कृषिसँग आधारित रहेको बताए । वडा नं. ४, ५, ६ र २० का कृषकहरूलाई विगत देखि नै कृषिका सामग्रीहरू उपमहानगरपालिकाले सहयोग गर्दै आइरहेको मेयर राईको भनाई थियो । 

साथै, मेयर राईले उत्पादन र पालनपोषणमा पनि उपमहानगरपालिकाले सहयोग गरिरहेको जनाए ।  स्थानीय तहले प्रदान गरेको मेशिनरी औजार, मल, बिउहरूको अधिकतम रूपमा सदुपयोग गरेर उत्पादन गर्न पनि मेयर राईले सुझाव दिए । मेयर राईले अनुदान लाने कृषकले आफ्नो वरपरका छरछिमेकलाई सहयोग गर्नुका साथै प्राविधिक ज्ञान हस्तान्तरण गर्न पनि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप