बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा १२५ जनामा कोरोना संक्रमण

मङ्गलबार, २७ पुस २०७८, १७ : ५९
मङ्गलबार, २७ पुस २०७८

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण भएको छ । ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४७, झापामा १९, सुनसरीमा १६, भोजपुर, संखुवासभा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो । 

मोरङको विराटनगरमा ४१, कटहरीमा ३, बेलबारी, कानेपोखरी र केराबारीमा १–१, झापाको मेचीनगरमा ९, विर्तामोडमा ६, हल्दिबारी, शिवसताक्षी, बाहृदशी र भद्रपुरमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा ३, दुहवी, बर्जु, देवानगञ्ज र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको साल्पासिलिछो, संखुवासभाको सभापोखरी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको   हो ।

प्रदेश १ मा आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ५ पुरुष रहेका छन् ।सक्रिय संक्रमितको संख्या ३८७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप