शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

पूर्ण खोप कार्ड नभए होटल र रेष्टुरेन्ट छिर्न नमिल्ने

मङ्गलबार, २७ पुस २०७८, ११ : ००
मङ्गलबार, २७ पुस २०७८

कोरोना संक्रमितको संख्या बढेसँगै होटल र रेष्टुरेन्ट प्रवेश गर्नलाई पनि खोप कार्ड चाहिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज नयाँ आदेश जारी गर्दै होटल र रेष्टुरेन्टमा जान पनि कार्ड अनिवार्य गरेको हो । नयाँ आदेशअनुसार होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य चाहिने छ । पूर्ण खोप लगाएको कार्डको फोटो भएपनि हुने छ ।

प्रशासनले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सार्वजनिक स्थलहरूमा कडाई गर्नेक्रममा यस्तो निर्णय गरेको छ । तेस्रो लहर सुरू हुनै लाग्दा त्यसको रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले नयाँ निर्णय गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप