आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आर्थिक वर्षको बाँकी अवधिमा शतप्रतिशत पूँजीगत खर्च गर्न अर्थमन्त्रीको आग्रह

मङ्गलबार, २७ पुस २०७८, १६ : २८
मङ्गलबार, २७ पुस २०७८

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गर्न आग्रह गरेका छन् । उनले आज आयोजित कार्यक्रममा आर्थिक वर्ष सकिन बाँकी रहेको ६ महिनामा खर्च गरिसक्न आग्रह गरेका हुन् ।उनले हालसम्म बजेट खर्चको समिक्षा बैठकमा सचिवहरूसँग भने, ‘ आवश्यक परे मध्यरातमा पनि सहयोग गर्न तयार छु । आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ ।’

मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्नुपर्ने बताउँदै जसरी पनि खर्च बढाउन आग्रह गरेका हुन् । उनले ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिए । ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उनको भनाइ छ ।

त्यस्तै उनले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याए । उनले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै अब डिजिटल माध्यममा लैजानुपर्ने बताए । ‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई/चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उनले भने, ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुप¥यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’

पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत खर्च भइसकेको छ । समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप