बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ह्वात्तै बढ्यो कोरोना, थप २४४४ जनामा संक्रमण पुष्टि

मङ्गलबार, २७ पुस २०७८, १६ : ११
मङ्गलबार, २७ पुस २०७८

देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ ।

यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप