नेप्से परिसूचक ४९.१९ अंकले वृद्धि
पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढेको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ ।
मंगलबार कारोबारको सुरुवातमा उच्च अंकले बढेको नेप्से दिनभरि उतारचढावका बीच कारोबारको अन्तिम समयमा २ हजार ८४८ विन्दुमा पुगेर तल झरेको छ । आज नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ विन्दुमा पुगेको छ । त्यस्तै आज ठूला कम्पनी मूल्य मापक सेन्सेटिभ इण्डेक्स ६.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.२४ अंक बढेको छ ।
आज कारोबारमा आएका २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार कित्ता शेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से उकालो लागे पनि आज कारोबार रकम भने सोमबारको तुलनामा केही घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।
नेप्से परिसूचकका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक हरियाली छाएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ६.१५ प्रतिशत बढेको छ । लघुवित्त, जीवन बीमा, होटल तथा पर्यटन र विकास बैंकको सूचक ३ प्रतिशत र जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ । तर, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.४३ प्रतिशत घटेको छ ।
आज कारोबारमा आएका ५ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको शेयर ९ प्रतिशतभन्दा बढी बढेको छ । यता माउन्टेन इनर्जी नेपालको शेयर मूल्य भने ३.५२ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको शेयर कारोबार भएर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ भने दोस्रोमा गोर्खाज फाइनान्स रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण