टर्कीले नेपाल र भारतबाट आउने यात्रीका लागि जारी गर्यो दिशानिर्देश
नेपाल र भारतबाट टर्की जाने यात्रीले यात्राभन्दा ७२ घण्टा अघि आरटी–पिसिआर टेस्टको नेगेटिभ रिपोर्ट पेश गनुपर्ने दिशानिर्देश जारी गरेको छ ।
भारतस्थित टर्कीको दूतावासले ट्वीट गरेर विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त कोरोना भ्याक्सिनको अन्तिम डोज लगाएको १४ दिन कटेका व्यक्तिहरुलाई क्वारेन्टिनमा नराखिने पनि जानकारी दिइएको छ ।
जो यात्रीले यी सर्टिफिकेट पेश गर्न सक्दैनन् भने उनीहरु कम्तीमा पाँचदिनसम्म क्वारेन्टिनमा रहनुपर्नेछ । पाँचौँ दिनमा आरटी–पिसिआर परीक्षण यदि नेगेटिभ आएको खण्डमा क्वारेन्टिन अवधि समाप्त हुनेछ ।
📣Updated Quarantine Arrangements For Travelers To Turkey From India & Nepal 👇 pic.twitter.com/HuoHVtelnt
— Turkish Embassy - New Delhi (@TurkEmbDelhi) January 11, 2022
यदि परीक्षणको नतिजा पोजेटिभ आउँछ भने त्यसपछि जुन दिनदेखि कोरोनाभाइरसको लक्षण देखिन सुरु हुन्छ त्यो दिनदेखि क्वारेन्टिनको समय सुरु मानिनेछ र कम्तीमा सात दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ ।
१२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि आरटी–पिपिआर परीक्षण र खोपकार्ड देखाउन आवश्यकता छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता वार्ता समिति गठन गर्ने माओवादीको निर्णयप्रति नेकपा र नेसपा सकारात्मक
-
प्रकाशको ‘घोडा चढेर’मा काजिश र गीताको अभिनय
-
फ्लाइट क्यान्सिल गरेर स्थलमार्गबाट काठमाडौँ हिँडे रवि
-
लिला पछाईंले पनि बुझाइन् धरौटी
-
प्रहरीमा २५ जना एसएसपी पद रिक्त, बढुवा हुन तीव्र प्रतिस्पर्धा
-
बौद्धिक पलायन रोक्न स्थानीय सेवालाई प्रदेश निजामती सेवाको अङ्ग बनाउनुपर्छ : अध्यक्ष भट्ट