आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंक र मोको बीच डिजिटल भुक्तानीका लागि सम्झौता

मङ्गलबार, २७ पुस २०७८, १४ : ५५
मङ्गलबार, २७ पुस २०७८

कामना सेवा विकास बैंक लिमिटेड र मोको एप बीच फोकसवान पेमेन्ट सोलुसनको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी व्यवसायिक साझेदारीको सम्झौता भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच बैंक र मोकोबीच साझेदारी पत्रमा हस्ताक्षर भएको  हो । 

उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेत र फोकसवान पेमेन्ट सोलुसनका सीईओ प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।   

मोको एप नेपालमा पहिलोे ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्यूआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् । 

कामना सेवा विकास बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरूले अब सोही मोको एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन्  । 

यसबाट टेलिकम टप–अप, इन्टरनेट र बिजुलीको बिल, लगायत अन्य डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकहरूले पटक–पटक ब्यालेन्स लोड गरी रहन नपर्ने समेत बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप