शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनाले ध्वस्त पारिदिएको थियो ‘आशिकी’ की नायिकाको करियर, अब बिहारमा गरिरहेकी छिन् यो काम

मङ्गलबार, २७ पुस २०७८, १४ : ४७
मङ्गलबार, २७ पुस २०७८

महेश भट्टको सुपरहिट फिल्म आशिकीबाट चर्चित भएकी नायिका अनु अग्रवालको आज अर्थात् ११ जनवरीमा जन्मदिन हो । ११ जनवरी सन् १९६९ मा जन्मिएकी अनु आज आफ्नो ५३ औँ जन्मदिन मनाइरहेकी छिन् । अनुले जुन सफलता आशिकीबाट पाइन्, फिल्ममा काम गर्ने हरेक कलाकारले त्यस्तो सपना देखेका हुन्छन् । यद्यपि, यो सफलता धेरै दिनसम्म टिक्न सकेन । बलिउडको चकाचौँधले भरिएको दुनियाँमा कहिले कुन कलाकार धुमिल हुन्छन्, त्यो भन्न सकिँदैन । एक समय जसलाई मानिसले टाउकोमा चढाएर राखेका हुन्छन्, उनीहरुलाई पछि नचिनेको झैँ गर्न पनि पछि पर्दैनन् । यस्तै केही भयो अनुलाई पनि । अनु अब लाइमलाइटबाट टाढा बिहारमा बस्छिन् ।

दिल्लीमा पढाईका बेला नै अनुलाई महेश भट्टले आफ्नो फिल्म आशिकीमा पहिलो ब्रेक दिएका थिए । २१ वर्षकै उमेरमा उनले असाध्यै वाहवाही बटुलिन् र उनी रातारात स्टार बनिन् । त्यसपछि उनी गजब तमाशा, खलनायिका, किङ अंकल, कन्यादान, बिपिएल ओए र रिटर्न टु ज्वेल थिफजस्ता फिल्ममा देखिइन् तर आशिकीले झैँ यी फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकेन ।

सन् १९९९ मा भएको एक सडक दुर्घटनामा अनुको स्मरण शक्तिमात्रै गुमेन, उनको शरीरका केही भाग चलेनन् । लगभग २९ दिनसम्म उनी कोमामा रहिन् । करिब तीन वर्षको उपचार र कोसिसपश्चात् अनु निको भइन् । स्थितिमा सुधार आएपछि अनुले आफ्नो सबै सम्पत्ति दान दिइन् र योगा शिक्षिका बनिन् । अब ग्ल्यामरको दुनियाँ छोडेर उनी गरिब बालबालिकालाई निःशुल्क योगा सिकाउँछिन् ।

सबैलाई आफ्नो कहानीबाट परिचित गराउन अनु अग्रवालले आफ्नो आत्मकथा ‘अनयुजवल : मेमोइर अफ ए गर्ल हु केम ब्याक फ्रम डेथ’ लेखिन् । अनुले विवाह पनि गरेकी छैनन् । उनी बालबालिकालाई नाटक सिकाउँछिन् र बिहारमा बस्छिन् ।

अनु सोसल मिडियामा निकै सक्रिय छिन् । उनी आफ्ना तस्बिर सोसल ह्यान्डलमा सेयर गरिरहन्छिन् । उनको तस्बिर हेर्दा उनी निकै फेरिएको देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप