आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु, प्रमुख साझेदारमा मेगा बैंक

मङ्गलबार, २७ पुस २०७८, १४ : ३१
मङ्गलबार, २७ पुस २०७८

मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु भएको छ । भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो । 
निजी सार्वजनिक साझेदारीको अवधारणा हालैमात्र सञ्चालनमा आएको यस प्रशोधन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाको उद्घाटन गरेका हुन् । उक्त प्रशोधन केन्द्रको प्रमुख साझेदारीमा मेगा बैंक रहेको छ । 

फोहोरलाई उर्जामा परिणत गर्ने राष्ट्रिय महत्वको यस आयोजनामा वित्तीय साझेदारी गर्न पाउँदा अत्यन्तै गौरवान्वित भएको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए । यस्तै, फोहोरबाट ग्यास तथा मल उत्पादन हुँदा फोहोर व्यवस्थापन मात्र नभई थोरै मात्रामा भए पनि देशलाई उर्जाको आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न मद्दत पुग्ने बैंकले बताएको छ ।

दैनिक ३० टन क्षमताको फोहोर प्रशोधन केन्द्रबाट दैनिक रुपमा करिब एक हजार किलोग्राम जैविक मल ग्यास, करिब ५ सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुने बताइएको छ । साथै उक्त केन्द्र पूर्णरुपमा सञ्चालनमा आएपछि करिब ८० जनाले रोजगारी समेत पाउने बताइएको छ । 

यस फोहोर प्रशोधन केन्द्रका संस्थापकद्वय विपुलराज पाण्डे र जेनेश श्रेष्ठका अनुसार, यहाँबाट उत्पादित जैविक ग्यासलाई शुद्धीकरण गरी सिएनजी ग्यास उत्पादन हुनेछ । जसबाट धरानमा रहेका तीन पांग्रे सवारी साधन (टेम्पो)मा प्रयोग गरिनेछ । धरानमा रहेका करिब तीन सय वटा टेम्पोहरुमा सिलिण्डरसहितको एक किटको जडान गरी सञ्चालनमा ल्याइनेछ । 
यस्तै सो केन्द्रबाट उत्पादित सिएनजी ग्यासको प्रयोगले दैनिक करिब १५ सय देखि २ हजार लिटर पेट्रोल आयात प्रतिस्थापन हुने केन्द्रको भनाई छ । जसबाट हालको बजार मुल्यमा करिब १० करोड रुपैंयाको आयात कम हुने विश्वास लिइएको छ । 
विश्वका प्रायजसो मुलुकमा ठूलो मात्रामा प्रयोग भइरहेको सिएनजी ग्यास पेट्रोल भन्दा सस्तो हुने पेट्रोलभन्दा बढी माइलेज दिनुका साथै वातावरणमैत्री समेत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप