इमर्जेन्सी रगत चाहियो ? सेनालाई फोन गर्नुस्
कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै स्वास्थ्य संस्थाहरूमा रगत अभाव हुन थालेको छ । ब्लड बैंकहरुमा रगत अभाव भएपछि नेपाली सेनाले रक्तदान गर्ने योजना ल्याएको छ ।
उपचारको क्रममा कसैलाई तत्काल रगत चाहिएमा सैनिक ब्यारेकबाट रगत उपलब्ध गराउने नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष वल्लभ पौड्यालले रातोपाटीलाई बताए । उनले भने–‘इमर्जेन्सी रगत चाहिन पायक पर्ने युनिटमा समन्वय गर्न नम्बर दिएका छौँ, आर्मी एक्सचेन्ज नम्बर ०१–४२४००० मा सम्पर्क गरेर अनुरोध गरेपछि रगत उपलब्ध गराउँछौँ ।’
हन्टिङ नम्बर ०१–४२४००० मा फोन गरेपछि नजिकको युनिटको नम्बर उपलब्ध गराइने र त्यहाँ कार्यरत सैनिकहरूको रगत समूहको आधारमा रगत दिन सैनिक परिचालन गरिने छ । ‘हन्टिङ नम्बरमा फोन गरेर आवश्यक रगत समूह भनेपछि अन द स्पट सैनिक पठाएर टेष्ट गरेर रगत दिन्छौँ’–सहायकरथी पौड्यालले भने । सैनिकहरूको रक्त समूहको रेकर्डका आधारमा समूहका मानिस फेला पार्न सहज हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ब्यारेक नजिक हुनेहरूले ब्यारेकमै गएर पनि रगत पाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु