कोरोना महामारीमा पनि कसरी खुसी र सम्पन्न छ खाडीको यो देश
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका कयौ देश पुनः लकडाउन लगाउन बाध्य भएका छन् । तर संयुक्त अरब इमिरेट्स (यूएई) एक यस्तो देश हो जसमा ओमिक्रोनको धेरै असर पारेको छैन ।
खाडीको यो देशले विश्वरभरिका पर्यटकका लागि आफ्नो ढोका खुला गरेको छ ।
यूएई यस विश्वव्यापी महामारीको समयमा आफ्नै खोपको राम्रो व्यवस्थाका साथै व्यापक र सस्तो टेस्टिङ सुविधाका कारण विश्वका अन्य देशको तुलनामा कोरोनासँग राम्रो तरिकाले जुझिरहेको छ ।
यूएई हाल ब्लूमबर्गको कोभिड रेजिलियन्स वरियतामा शीर्ष देशको सूचीमा रहेको छ । यो वरियतामा ५३ देशको स्वास्थ्य सुविधा मानक, कोरोना संक्रमणबाट हुने मृत्यु र यात्रा पुनः चालु गर्ने जस्ता १२ संकेतलाई समावेश गरिएको छ ।
यही कारण यूरोपमा ओमिक्रोन पैmलिए बावजुद यूएई संक्रमण नियन्त्रित गर्न र देशका पर्यटकका लागि खुला राख्न सफल भएको छ ।
महामारीका कारण यूएईको सबैभन्दा बढी जनसंख्या भएको सहर दुबईले पनि आफूलाई विश्वव्यापी पर्यटकीय स्थलबाट आफ्ना जनताको सुरक्षा गर्ने सहरको रुपमा रुपान्तरण गरेको छ ।
मिर्जाम चकलेट कम्पनीका मुख्य अधिकारी क्याथी जोनस्टन ३० वर्षदेखि दुबईमा बस्दै आएकी छन् । उनी भन्छिन्, ‘हामी सबै एक अर्काको सुरक्षा गर्न मिलेर काम गरिरहेका छौँ । मानिस स्थानीय विचार र पारियोजनाको समर्थन गरिरहेका छन् । स्थिति ढिलो भएपनि अगाडि बढिरहेको छ । २ वर्षको तुलनामा मलाई यस्तो लाग्छ कि म कुनै दोस्रो ग्रहमा आइपुगेको छु र मलाई यो मन परेको छ ।’
यूएई किन जानुपर्छ ?
यहाँका मानिसका अनुसार यतिबेला यहाँको मौसम ठीक छ । दुबईमा बस्ने तला मोहम्मद भन्छन्, ‘दुबई आउनका लागि अक्टोबरदेखि मेसम्म वर्षको उत्तम समय हो ।’
यसको अर्थ यो हो कि यो मौसममा आउटडोर कार्यक्रम र खुसियाली साँझको रौनक एक पटक पुनः फर्किएर आएको छ । यो तटीय शहरको भिन्न भिन्न स्थानमा यस्ता मनोरञ्जनात्मक गतिविधि सबैतिर देखिन्छ ।
यो सहर ६ महिनासम्म चल्ने ‘एक्सपो २०२०’ को पनि आयोजना गरिरहेको छ । जुन २०२२ को मार्चसम्म चल्ने छ । यस प्रदर्शनीमा विश्वरभरीका प्रमुख कम्पनीहरुले स्टल राखिनेछ ।
यसमा समावेश कम्पनीले आफ्नो अनौठो र विविध उत्पादन र भविष्यको योजना पेश गर्नेछन् ।
क्याथी जोनस्टन भन्छिन्, ‘प्रर्दशनीमा जान नभुल्नुस् । यसका लागि पुरै एक हप्ता छुट्याउनुहोस् । जापानी सुशीका लागि ३ घन्टासम्म लाइनमा बस्नु परे पनि कुनै फरक पर्दैन । एक्सपो सेन्टरमा रेष्टुँरा, खजुरको खीर र अस्ट्रेलियाली स्टलमा आकाशमुनी ताराको सपना देख्नुहोस् ।’
अचम्मको यात्रा
दुबईले विगत १ दशकमा सौर्य उर्जा, जल संरक्षण र ग्रीन बिल्डिङ तथा आधारभूत ढाँचामा भारी लगानीका साथै अधिक टिकाउ व्यवस्था बनाउन कडा मेहनत गरेको छ ।
एक्सपो २०२० मा टिकाउ दर्शकदीर्घा छुट्टै बनाइएको छ । यसमा एक सोलर ट्री (सौर्य रुख) हेर्न पाइन्थ्यो । जसले उर्जा र छायाँ दुबै दिन्छ । दर्शक दीर्घाको एक अन्य आकर्षण भनेको ९००० बिरुवा र जडीबुटिका साथ बनेको एक ठूलो ठाडो (भर्टिकल) फार्म हो ।
क्याथी जोनस्टन भन्छिन्, ‘विगत २ वर्षमा कयौँ रेष्टुँरा खालिएका छन् । महामारीले अप्रत्याशित रुपमा स्थानीय सामग्री र कुशल भान्सामा आफ्नो प्रतिभा देखाउने अवसर दिएको छ ।’
तला मोहम्मद भन्छन्, ‘स्थानीय चिजका साथ जापानी व्यञ्जनको स्वाद लिनका लागि इडन हाउसको रुफटप रेष्टुरा प्रख्यात छ ।’ उनले भनिन्, ‘उदाहरणका लागि एउटा स्पेनिस व्यञ्जन चुतोरो हो । जसमा दुबईदेखि १०० किलोमीटरको दुरीमा रहेको रस अल खमाहाको मह प्रयोग हुन्छ । केवल ८ सीट भएको यो रेष्टुँरा पहिले नै बुक गर्नुपर्छ ।’
यसका अतिरिक्त ‘द सम अफ अस’ रेष्टुँरा दुबईका केही उत्कृष्ट रेष्टुँरामध्येको एक हो । जसले एभोकाडोको बीउबाट बनेको स्ट्र प्रयोग गर्छ । यसमा ग्राहक आफैँले नै घरबाट पुनः प्रयोग गर्न मिल्ने कप लिएर आउछन् । उनीहरुलाई १० प्रतिशत छुटको पनि प्रस्ताव राखिन्छ ।
शहरमा वातावरणसँग लगाव बनाउनका लागि विभिन्न कोसिस गरियो । यो बुझ्नका लागि विभा धमन इमिरेट्स बायो फर्म जाने सल्लाह दिन्छिन् । यो देशकै ठूलो निजी क्षेत्रको अर्गानिक फर्म हो ।
उनी भन्छिन्,‘त्यहाँ तपाई एक समूहमा जानु र बेलुकाको समय भए अझ राम्रो । तपाईंले कयौँ एकडमा फैलिएको उनीहरुको फार्म राम्रो तरिकाले हेर्न पाउनु हुनेछ ।’
विभा धवन यूएईको मरुभूमिको आनन्द लिनका लागि अल महा रिसोर्ट र स्पाको सिफारिस पनि गर्छिन् ।
दुबईको पहिलो नेशनल पार्क भित्र रहेको यो पाँच तारे रिसोर्टको उद्देश्य मरुभूमिको वातावरणका साथसाथै अरबी जातीको दुर्लभ हरिणको संरक्षित गर्नु पनि हो ।
आज यी अरबी हरिणको एक ठूलो झुन्डमा ३०० को हाराहारीमा रहेको छ । यी हरिणहरु कुनै डर वा यहाँ खुल्ला रुपमा घुम्ने गर्छन् ।
यसका लागि दशकौँ देखि काम गरिँदै छ । यहाँ आउने मानिसले साइडमा फील्ड गाइडसँग पैदल, जीप, ऊँट वा घोडामा नेशनल पार्क घुम्ने व्यवस्था गरिएको छ ।
शहरको बीचमै हालै बनेको ‘२५ हावर्स वन सेन्ट्रल’ होटल एक नयाँ अनुभव दिन्छ । पर्यटकलाई लोभ्याउनका लागि यहाँ अरबी शैली अपनाइन्छ ।
त्यहाँ जानु अघि के थाहा पाउने
ओमिक्रोन भेरियन्टका कारण यात्रा प्रतिबन्द तीव्र दरमा फेरिएको छ । यसका लागि नविनतम घोषणा र नियमको जानकारीका लागि यूएई ट्राभल टू दुबई पक्कै हेर्नुहोस् । यद्यपि, यूएई ती पर्यटकका लागि खुला छ, जसले विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त खोप लिएका छन् ।
यद्यपि, आइसकेपछि पनि पर्यटकले कोरोना परीक्षण गराउनु पर्नेछ । यात्रीले यूएईको आधिकारिक एप अल हसन डाउनलोड गर्नुपर्नेछ । जसले कोभिड परीक्षण र खोपको स्थितिलाई संकेत गर्नका लागि रंग आधारित कोड सिस्टमको उपयोग गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या