
बालबालिकालाई फाइजर खोप दिन सुरु, तस्बिरहरू हेर्नुहोस्

काठमाडौँ र ललितपुरमा मङ्गलबारदेखि १२ देखि १८ वर्ष उमेरसम्मका बालबालिकालाई कोभिडविरुद्धको फाइजर र मोडर्ना खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार मङ्गलबारदेखि हरेक स्थानीय तहमा कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ ।
सरकारले मङ्गलबारबाट विद्यालय बन्द भए पनि खोप कार्यक्रम भने यथावत् सञ्चालन गर्ने तयारी गरेको छ । विद्यार्थीलाई खोप लिनका लागि परिचयपत्र लिएर जान स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भक्तपुर स्वास्थ्य कार्यालयले भने शुक्रबारदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ