शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

अफगानिस्तानलाई पाँच अर्ब डलर आवश्यक

मङ्गलबार, २७ पुस २०७८, १३ : २४
मङ्गलबार, २७ पुस २०७८

अफगानिस्तानलाई मानवीय दुर्घटनाबाट जोगाउन पाँच अर्ब डलर आवश्यक भएको राष्ट्रसंघले जनाएको छ । पाँच अर्ब डलरमध्ये चार अर्ब अफगानिस्तान भित्रका अफगानी र बाँकी रकम देशको सीमाबाहिर बसोबास गर्नेका लागि उपलब्ध गराइनेछ । 

राष्ट्रसंघका अनुसार अफगानिस्तानभित्रका २ करोड २० लाख मानिसहरु र देशबाहिर विभिन्न देशमा रहेका ५७ लाख विस्थापित अफगानीलाई राहत अपरिहार्य आवश्यक छ । 

‘अफगानिस्तानमा चौतर्फी मानवीय संकट छ । मेरो याे सन्देश छ कि अफगानी मानिसहरुका लागि ढोका बन्द नगर्नूहोस,’ राष्ट्रसंघका सहायता प्रमुख मार्टिन गिरिफ्थले भने ।  बढ्दो भोक, रोक, कुपोषण र असामयिक मृत्यु रोग्न सहयोग गर्न पनि उनले आह्वान गरे ।

१५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट बढ्दो छ । मूल्य बृद्धि बढिरहेको छ भने बरोजगार दर उच्च छ । 
सन् २०२१ मा अफगानिस्तानमा अहिलेसम्मकै खराब खडेरी परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप