शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

७६ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, २७ पुस २०७८, १३ : २१
मङ्गलबार, २७ पुस २०७८

कैलालीको सेती प्रादेशिक कोरोना अस्पतालमा गरिएको परीक्षणमा थप ३१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ७६ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये धेरैजसो ब्यक्ति भारतबाट घर फर्केका हुन् । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३ जना संक्रमित बिरामी अस्पताल भर्ना भएका छन् ।

सो अस्पतालमा अहिले ६ जनालाई आईसीयुमा भर्ना गरिएको र एक जना भेन्टिलेटरमा राखिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप