आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

नेकपा एमाले दाङका निवर्तमान अध्यक्ष खड्काद्वारा राजनीतिबाट विश्राम लिने घोषणा

मङ्गलबार, २७ पुस २०७८, १३ : १२
मङ्गलबार, २७ पुस २०७८

कम्युनिष्ट नेता टीकाराम खड्काले राजनीतिक रुपमा आफूले विश्राम लिएको जनाएका छन् । नेकपा एमाले दाङका निवर्तमान अध्यक्षसमेत रहेका खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक यात्राबाट आफूले विश्राम लिएको जनाएका हुन् ।

२० वर्षको उमेरमा विद्यार्थी संगठनमार्फत कम्युनिष्ट आन्दोलन, किसान आन्दोलनमा सहभागी हुँदै कम्युनिष्ट पार्टी संगठन निर्माणमा क्रियाशील हुँदै आएको उनले बताएका छन् । राजनीतिक आन्दोलनमा सहभागी हुँदै गर्दा ८ महिना जेल बस्नु परेको स्मरण गर्दै उनले विभिन्न समयमा भएका आन्दोलनमा आफूले सहभागिता जनाएको बताएका छन् ।

उनले फेसबुकमा दाङ कम्युनिष्ट आन्दोलनको उर्वर भूमि रहेको भन्दै यस्तो जिल्लामा जन्मिएर, हुर्केर समाजिक मुक्ति आन्दोलनको सहयात्री हुन पाउँदा गर्व अनुभुति भएको जनाएका छन् । ‘आज म ज्यादै खुसी छु, संगठनको काम गर्दा सबै मित्रको निकै ठुलो सहयोग पाएँ । म सबैलाई धन्यवाद र कृतज्ञता प्रकट गर्दछु,’ उनले लेखेका छन्, ‘नेकपा एमाले दाङको १३ औं जिल्ला अधिवेशनलाई भव्य र सभ्य सफल पार्न सहयोग गर्ने सहयोगी मित्रहरूलाई आयोजकका नाताले धन्यवाद दिन चाहन्छु । र आजैका दिनदेखि राजनीतिक यात्रा विश्राम लिने निर्णयमा पुगेको जानकारी गराउन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप