कोरोना सङ्क्रमण बढेसँगै विमानस्थलमा कडाइ
नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न सुरु गरिएको छ । कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्नका लागि विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन नेपाल नागरिक उड्डयन कार्यालयले आग्रह गरेको हो ।
स्वागत र बिदाइ गर्नका लागि मात्र विमानस्थलमा आउँदा भिडभाड बढ्ने र कोरोनाभाइरसको जोखिम बढ्ने भन्दै आफू बच्न र अरूलाई पनि बचाउन आफन्तजनहरूलाई विमानस्थलमा नआउन पनि कार्यालयको अनुरोध छ । त्यस्तै विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामानबाहेक भिजिट पास उपलब्ध नगराउन पनि कार्यालयले अनुरोध गरेको छ ।
यता, आन्तरिक उडानतर्फ पनि एयरलाइन्सहरूले यात्रुहरूलाई अर्कोपटक देखि खोप लगाएको प्रमाणपत्र अनिवार्यरुपमा बोक्न आग्रह गरेको छ । सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्ने निर्णय गरिसकेको छ ।
नेपाल नागरिक उड्डयन कार्यालयको सूचना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोनपेद्वारा नेपालमा यूपीआईमार्फत संचालित सेवाहरूको प्रदर्शनी
-
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्मा पेस गर्दैछौँ : मन्त्री शर्मा
-
एन्ड्रोइड फोनमा अडियो इमोजी फिचर ल्याउँदै गुगल
-
पुरानो गठबन्धनले देश बर्बाद बनायो, नयाँले त्यस्तो नगरोस् : पार्वत गुरुङ
-
विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
-
अवैध लागू औषधसहित १२ जना पक्राउ