नेप्सेको सीईओका लागि तीन जनाको नाम सिफारिस
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दोस्रो चरणमा तीन जनाको नाम सिफारिस भएको छ । सीईओका लागि परेको कुल ११ आवेदक मध्ये सीईओ नियुक्ति तथा सिफारिस समितिले पहिलो चरणमा पाँच जना छनोट गरेकोमा सो मध्येबाट पनि दोस्रो चरणमा तीन जनालाई छनोट गरेको हो ।
समितिले रमेशकुमार भण्डारी, कृष्णबहादुर कार्की र केशव प्रसाद श्रेष्ठलाई दोस्रो चरणमा छनोट गरेको स्रोतले जनाएको छ । पहिलो चरणमा भण्डारी, कार्की र श्रेष्ठसँगै प्रविन पन्दाक र रमेश घिमिरे छनोटमा परेका थिए । दोस्रो चरणमा पन्दाक र घिमिरेलाई आउट गर्दै समितिले भण्डारी, कार्की र श्रेष्ठलाई सीईओका लागि सिफारिस गरेको हो ।
समितिले सोमबार बिहानै तीन जनाको नाम अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको बताइएको छ । सो मध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई सीईओ छनोट गर्नेछ । नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका छन् ।
यसअघिका नेप्सेका सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएसँगै पदबाट राजीनामा दिएका दिए । साउदको राजीनामासँगै रिक्त रहन गएको सो पदमा अहिले खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुसमै पाक्यो ‘चैते काफल’, जलवायु परिवर्तनको असर
-
बिहीबार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
खुल्नै सक्दैनन् एचआइभी सङ्क्रमित
-
आर्सनल फेरि दोस्रो स्थानमा फर्कियो
-
अमेरिकी डलरको मूल्य घटयो, कस्तो छ अन्य विदेशी मुद्राको भाउ ?
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने