जसको घरमा पाहुना लाग्न गए, उनैले बन्चरोले हिर्काएर हत्या गरे
मङ्गलबार, २७ पुस २०७८, १० : ३३

खोटाङ घर भएका ८१ वर्षीय प्रेम बहादुर बुढाथोकी ‘सिताराम’ सोमबार साँझ मोरङको लेटाङस्थित डम्बर भुजेलको घरमा पाहुना लाग्न गएका थिए । पाहुना लाग्न गएकै घरमा उनको हत्या भएको छ । हत्या आरोपमा ६० वर्षीय डम्बर भुजेललाई पक्राउ गरिएको मोरङका एसपी जनार्दन जिसीले रातोपाटीलाई बताए ।
सोमबार साँझ ७ बजेतिर मदिरा सेवन गर्दा विवाद भएपछि भुजेलले बन्चरोले हिर्काएर उनको हत्या गरेका हुन् । सितारामको टाउकोमा बन्चरोले हिर्काएको चोट देखिएको छ । प्रारम्भिक अनुसन्धानबाट विवाद हुँदा हत्या गरेको देखिएको एसपी जिसीले बताए । घटनास्थल लेटाङ नगरपालिका–२ स्थित फँडानीमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी किशोरीले १६ लाख पाउन्डमा बेचिन् आफ्नो कौमार्य
-
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
-
बदनियत साथ दुर्घटना गराउने चालकको कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी
-
जबरजस्ती निकालिएका कर्मचारी पुनः नियुक्त गर्न ट्रम्पलाई न्यायाधीशको आदेश
-
मधेसमा होलीलाई मध्यनजर गर्दै १६७ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट
-
अल्भारेज विवादपछि यूईएफएले पेनाल्टीको नियमबारे छलफल गर्ने