‘जी ले जरा’मा कटरीनाको 'अपोजिट'मा विकी
एक्सल इन्टरटेनमेन्ट र टाइगर बेबीले निर्माण गर्ने फिल्म ‘जी ले जरा’मा अभिनेता विकी कौशल जोडिने भएका छन् । फरहान अख्तरको निर्देशन रहने यात्राको कथा समेटिने फिल्ममा यसअघि अभिनेत्रीहरुमा प्रियंका चोपडा जोनास, कटरीना कैफ र आलिया भट्ट फाइनल भइसकेका छन् ।
फिल्ममा फरहानले पनि अभिनय गर्नेछन् । फरहान र टिमले अभिनेता विकीलाई अभिनयको प्रस्ताव गरेका छन् । ‘विकी कौशललाई फिल्ममा कटरीना कैफको अपोजिटमा कास्ट गर्ने योजना बनाइएको छ । त्यसका लागि उनीहरुले विकीलाई प्रस्ताव पनि लाँदैछन् । यदि विकीले अभिनयको लागि स्वीकृति दिए भने विकी र कटरीना विवाह पछि पहिलोपटक एकसाथ यो फिल्ममा रोमान्स गर्नेछन् । जसकारण फिल्मको प्रमोसन गर्न सजिलो हुनेछ’, फिल्म निकट स्रोतले भनेको छ ।
फिल्मका लागि अर्को पनि एक अभिनेताको खोजी भइरहेको छ । फिल्मका प्रमुख पात्रमा तीन महिला हुने भएकाले अभिनेता खोज्न त्यति गाह्रो नपर्ने निर्माण पक्षको बुझाई छ ।
फिल्मको लेखक जोया अख्तर, फरहान अख्तर र रीमा कागती हुन् । यो फिल्ममा पहिलोपटक प्रियंका चोपडा, कटरीना कैफ र आलिया भट्ट स्क्रिन शेयर गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छतमा सोलार राख्न ग्लोबल आइएमई बैंकले कर्जा दिने
-
बेगनासतालमा सशस्त्र प्रहरीले गर्यो कृत्रिम डुङ्गा दुर्घटना अभ्यास
-
दिनहुँको आन्दोलनले बैंक किस्ता तिर्न समस्या भयो : यातायात व्यवसायी
-
कुमारी केटी देखाएर ११ लाखमा केटालाई लोभ्याए, तीन बच्चाकी आमासँग विवाह गराइदिए
-
दाउन्नेमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध
-
९.९६ अङ्कले घट्याे नेप्से परिसूचक