अभिनेत्री दिया पुन च्यारिटीका लागि सगरमाथा आरोहण गर्दै
अभिनेत्री दिया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेको बताइन् ।
पुनको हिमाल चढ्ने रहर भने सन् २०१८ बाट शुरु भएको हो । त्यो वर्ष उनले अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउण्ट अकोनकागुवा चढिन्। त्यसयता हरेक वर्ष एउटा हिमाल चढ्ने उनको योजना थियो तर कोभिड महामारीका कारण रसियाको सबैभन्दा अग्लो हिमाल इल्ब्रस र अफ्रिकाको सबैभन्दा अग्लो माउण्ट किलिमञ्जारो चढ्ने योजना भने अधूरै रह्यो ।
उनले सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग संकलन गर्ने भएकी छिन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् । ‘कोभिडका बेलामा धेरै नर्सहरुको मानसिक स्वास्थ्यमा असर पर्यो । कतिले अर्कै पेशा रोजेको पनि देखेँ । त्यसैले सगरमाथा चढ्दा आफ्नो व्यक्तिगत इच्छा मात्र पूरा नगरेर सहकर्मीहरुका लागि केही सहयोग गरौँ भन्ने उद्देश्य राखेको हुँ’ उनले भनिन् ।
चलचित्र ‘वीर विक्रम’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री पुनले ह्याप्पी डेज, ’मिस्टर झोले’,’दया रानी’ र ‘मन्त्र’ जस्ता चलचित्रमा काम गरिसकेकी छन्। दियाले सौगात मल्लसँग स्क्रिन शेयर गरेको चलचित्र ‘मन्त्र’ सामान्य अवस्था रहेमा यहि माघ २८ गते बाट सार्वजनिक प्रदर्शनमा आउने छ। पुन चलचित्र ‘मन्त्र’को प्रचार प्रसारका लागि नेपाल आउने तयारीमा पनि रहेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त