शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले जिल्ला अधिवेशन : दैलेखका शर्मा र शाहीबीच कडा प्रतिस्पर्धा

मङ्गलबार, २७ पुस २०७८, ०९ : २७
मङ्गलबार, २७ पुस २०७८

नेकपा एमाले दैलेखको अध्यक्षका लागि दुई जना चुनावी मैदानमा उत्रिएका छन् । सहमतिको प्रयासबाट सम्भव नभएपछि चुनावै गर्नुपर्ने अवस्था आएको हो । अध्यक्षका लागि वर्तमान पार्टी अध्यक्ष रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी मैदानमा उत्रिएका हुन्। शाही जिल्ला विकास समितिका पूर्व उपसभापति हुन् भने शर्मा प्रतिनिधि समा सदस्य समेत हुन्।

दुवै जना नेता जिल्लाको राजनीतिमा अब्बल नेताका रूपमा चिनिएका नेता हुन् । त्यसैले पनि कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । अझ भन्नुपर्दा भू–भूगोलका हिसाबले शर्मा क्षेत्र नं.–१ र शाही क्षेत्र नं.–२ का भएकाले दुई क्षेत्रबीच प्रतिस्पर्धा हुने भएको छ।

एमाले जिल्ला तहका एक नेताले भने सकेसम्म नयाँ नेतृत्व ल्याउनुपर्छ भन्ने ‘लविङ’ भइरहेको छ। एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार दैलेखमा उपाध्यक्षमा नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन्।

आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले उपाध्यक्षको उम्मेदवारी फिर्ता लिएपछि बस्नेत निर्विरोध भएका थिए । सचिवका लागि  रुद्रबहादुर शाही र तिलकप्रसाद रिजालबीच प्रतिस्पर्धा हुने भएको छ। एमाले स्रोतका अनुसार युवाहरूमाझ परिचित बनेका शाही अगाडी आउन सक्ने सम्भावना प्रबल रहेको बुझिन्छ । सदस्यमा उम्मेदवार दिएका केही व्यक्तिहरूले उम्मेदवारी फिर्ता लिएका छन् । खुल्ला सदस्यमा उम्मेदवारी दिएका ठाटीकाँध गाउँपालिकाका अम्मर बहादुर शाहीले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। उनी शिक्षक हुन् । एमाले दैलेखको चुनाव मंगलबार बिहान आठ बजेदेखि सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप