युक्रेनको विषयमा रुसले अमेरिकालाई भन्यो, ‘हमला गर्ने कुनै सोच छैन’

रुसले आफूहरुको युक्रेनमाथि हमलाको कुनै सोच नभएको स्पष्टिकरण अमेरिकालाई दिएको छ । यी दुई देशका अधिकारीबीच जिनेवामा भेटघाट भएको छ ।
सोमबार सात घण्टासम्म चलेको बैठकपछि दुई पक्ष तनाव कम गर्नका लागि सहमत भएका छन् । यद्यपि, कुराकानीका बेला खासै कुनै ठूलो सफलता भने हात लाग्न सकेन ।
युक्रेनसँगको रुसको सीमामा करिब एक लाख रुसी जवान तैनाथ छन् र उसले युक्रेनमाथि हमला गर्नसक्ने आँकलन गरिएको छ । यस्तै पश्चिमले रुसलाई चेतावनी दिएको छ ।
रुसले युक्रेनमाथि हमला गरेको खण्डमा उसलाई प्रतिबन्ध लाग्ने अमेरिकाले चेतावनी दिँदै आएको छ ।
यस्तै, रुसले पश्चिमीसँगको आफ्नो प्रतिस्पर्धाको खतरालाई कम गरेर नआँक्न चेतावनी दिएको छ ।
रुसका उप–विदेशमन्त्री सर्गेई रेयाबकोफले बैठकपछि पत्रकारसँग भने, ‘हामीले आफ्ना सहयोगीलाई भनेका छौँ कि हाम्रो युृक्रेनमाथि हमलाको कुनै उद्देश्य छैन न नै कुनै योजना छ ।’
उसका अनुसार रुसले आफ्ना अमेरिकी समकक्षीलाई भनेको छ, ‘सैनिकको युद्ध प्रशिक्षणका सबै उपाय र बल हाम्रो क्षेत्रमा नै छ र यो सन्दर्भमा कुनै पनि खतरा बढ्ने कुनै कारण छैन ।’
अमेरिकाकी उप–विदेशमन्त्री वेन्डी शरमनले कुराकानी निकै स्पष्ट भएको र दुबै पक्षको सुरक्षा चिन्तालाई राम्रो तरिकाले बुझ्नका लागि थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन