शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

मङ्गलबार, २७ पुस २०७८, ०८ : १२
मङ्गलबार, २७ पुस २०७८

असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो ।

वर्षात्सहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तला फलफूल खेतीमा क्षति गरेको मरेकका कृषक इन्द्रबहादुर थापाले बताए । हिउँदे आलु, गहुँ र जौँको बोट ढलाएर, पात चुटेर छियाछिया बनाएको छ । बोट लडाएको कृषक थापाले बताए ।

यसैगरी सिजनको अन्तिममा बिक्री गर्न बोटमै राखेको सुन्तलाको दाना पनि असिनाले झारिदिएको छ । अधिकांश बगैँचाको सुन्तला निकासी भए पनि केही मात्रामा सुन्तला टिपेर बजार पठाउन बाँकी थियो ।

हिउँ पर्नुको साटो बेमौसममा असिना परेकामा कृषकले अनौठो मानेका छन् । क्षतिको विवरण सङ्कलन र राहतको व्यवस्थाका लागि स्थानीय तह र कृषि ज्ञान केन्द्रसँग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप